छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु

 

पाल्पा, वैशाख १०– पाल्पाको तिनाउ गाउँपालिका–३ भलायवासमा आज टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन आउँदै गरेको लु १ ख ९०३१ नं को टिपर दुर्घटना हुँदा टिपर चालक तिनाउ गाउँपालिका–६ का २७ वर्षीय पुरन सारु, उहाँका श्रीमती २४ वर्षीया बालकुमारी, पाँच वर्र्षीय छोरा हेमेस र सोही स्थानका २२ वर्षीय बिमल कनौजेकोे घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिए ।
टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको से १ ज ६३९ नं को जिप आज दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी गौमुल गाउँपालिका–६ का लाली रोकाया र वडा नं ४ मानोकोटका १६ वर्षीय रकेट रोकायाको मृत्यु भएको भएको स्थानीयले बताएका छन् ।

जिप दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइतेहरुको मार्तडीमा उपचार भइरहेको छ । मार्तडीबाट यात्रु लिएर घटमुना जाँदै गर्दा उक्त जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए । तीव्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । रासस

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल