गोरुले हान्दा बालिकाको मृत्यु

गोरुले हान्दा बालिकाको मृत्यु

बैतडी, वैशाख १०– गोरुले हान्दा बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

घर नजिकै गोरु चराइरहेका बेला एक्कासी गोरुले हानेर गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा आज दिउँसो बाटोमै मृत्यु भएको हो ।

मृतक बालिका स्थानीय केदार प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् । शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल