नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

काठमाडौं, बैशाख १० – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो सातौं वार्षिक उत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ को घोषणा गरेको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विभिन्न चार विधामा सो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सङ्गीत, नाट्य, नृत्य र लोक सङ्गीत–नाट्य विधाहरुमा प्रदान गरिने पुरस्कारको राशी जनही एक लाख एक रुपैयाँ र ताम्रपत्र रहेको छ ।

यस वर्षको नाट्य विधा तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ नाटक तथा रङ्गकर्ममा लामो समयदेखि योगदान पु¥याए बापत वरिष्ठ नाटककार तथा रङ्गकर्मी अशेष मल्ललाई प्रदान गरिने भएको छ भने संगीत तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ नेपाली गीत संगीतको संरक्षण एवम् प्रवद्र्धनमा निरन्तर योगदान पु¥याए बापत वरिष्ठ गायक तथा संगीतकार श्री नारायणभक्त श्रेष्ठ (रायन) लाई प्रदान गरिने भएको छ ।

यस्तै नृत्य तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ नृत्य क्षेत्रमा लामो समयदेखि योगदान पु¥याए बापत वरिष्ठ नृत्यकार एवम् नृत्य निर्देशक राधेश्याम प्रधानलाई र लोक गीत तर्फको ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ लामो समयदेखि लोक गायनमा योगदान पु¥याए बापत चन्द्रकला शाहलाई प्रदान गरिने भएको छ ।
‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७३’ सम्माननिय राष्ट्रपतिज्यूबाट विशेष समारोहका बीच प्रदान गरिने छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल