माओवादीद्वारा प्रमुख पदमा महिला उम्मेदवारका लागि सिफारिस

माओवादीद्वारा प्रमुख पदमा महिला उम्मेदवारका लागि सिफारिस

दाङ, १० वैशाख । स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्ममा प्रमुख दलमध्ये नेकपा माओवादी केन्द्रले मात्र आफ्ना उम्मेदवार घोषणा गरेको छ ।

माओवादी केन्द्र दाङले यहाँको एक उपनगरपालिका र एक गाउँपालिकाको उम्मेदवार भने घोषणा गर्न सकेको छैन । माओवादी केन्द्रले यसरी सार्वजनिक गरेका उम्मेदवारमा घोराही उपमहानगरपालिका प्रमुखमा माओवादी केन्द्र दाङका इन्जार्च जीवन गौतम रहेका छन् ।

त्यसैगरी उपप्रमुखको भने टुङ्गो लागेको छैन । लमही नगरपालिका प्रमुखमा द्रोपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरी सिफारिस गरिएका छन् । त्यसैगरी राप्ती गाउँपालिका अध्यक्षका लागि श्यामेश चौधरी र उपाध्यक्षका लागि भगवता अधिकारी, बङ्गलाचुली गाउँपालिकाका लागि भक्तबहादुर वली लर उपाध्यक्षका लागि यमुना घर्तीको सिफारिस भएको छ ।

दङ्गीशरण गाउँपालिकामा हिरालाल चौधरीलाई अध्यक्ष सिफारिस गरिएको छ । शान्तिनगर गाउँपालिकामा अध्यक्षमा सुशील खड्का र उपाध्यक्षमा उर्मिला वली, गढवा गाउँपालिका अध्यक्षमा लुमाकान्त न्यौपानेलाई उम्मेदवार घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका र राजपुर गाउँपालिकाको उम्मेदवार छनोटका लागि पार्टीभित्र गृहकार्य भइरहेको माओवादी केन्द्रले जनाएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल