सहकारी पिडित महिला हकहित संरक्षण समितिले ज्ञापनपत्र बुझायो

सहकारी पिडित महिला हकहित संरक्षण समितिले ज्ञापनपत्र बुझायो

काठमाडौं , बैशाख १०–सहकारी पिडित महिला हकहित संरक्षण समितिले न्यायको लागि पहल गरिदिन राप्रपा केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
ओरेण्टल कोअपरेटिभका बचत निक्षेपकर्ता विगत चार वर्ष देखि न्यायको लागि सरकारबाट सहयोगको अपेक्षा गर्दै आइरहेकोमा हालसम्म पनि कुनै सुनुवाइ नभएपछि उनीहरुले सबैजसो मुख्य राजनीतिक दललाई निकासको लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
२०७० मसिंर ९ गते बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारीहरुको छानवीन गर्न जाँचबुझ आयोगको गठन भइ प्रतिवेदन पेश भएको समेत तिन वर्ष पुरा भइसक्दा पनि पिडितहरुले हालसम्म न्याय पाएका छैनन् । उक्त आयोगमा परेको १५३ वटा संस्थाको कुल उजुरी रकम मध्ये ओरेण्टल कोअपरेटिभ एक मात्र संस्थाको रकम ६० प्रतिशत भन्दा बढी रहेको छ । यसको ठुलो मारमा ओरेण्टल कोअपरेटिभका निक्षेप कर्ता परेको पृष्ठभूमीमा असल शासन र न्यायका लागि उत्तरदायी निकायले संवेदनशील भई समस्या समाधान गर्नको लागि क्रियाशील हुने अपेक्षा गर्दै पिडितहरु न्याय पाउने आशामा भौंतारिरहेका छन् ।
सहकारी पिडित महिला हकहित संरक्षण समितिका अध्यक्ष कुन्ती पोखरेलले अधिकार सम्पन्न व्यवस्थापन समिति गठन गर्न मन्त्रि परिषद्मा कुरा उठाउन आग्रह गर्दै सम्पुर्ण १५३ वटा संस्थाको प्रतिनिधित्व गरेर राप्रपा पार्टीका उपाध्यक्षहरु टंक ढकाल र रामचन्द्र रायलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै पार्टीका उपाध्यक्षद्वयले सहकारी ऐन पारित गर्नका लागि पहल गर्नुका साथै व्यवस्थापन समिति गठन गर्न मन्त्रि परिषद्मा कुरा उठाउनका लागि पार्टीमा सल्लाह गरिने बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल