शीर्ष तहका नेता इमान्दार नभएका कारण आन्दोलन चर्कियोः यादव

भदौ १९

शीर्ष तहका नेता इमान्दार नभएका कारण आन्दोलन चर्कियोः यादव

महोत्तरी–नेकपा (माओवादी) का संयोजक मातृकाप्रसाद यादवले शीर्ष तहका नेता इमान्दर नभएका कारण मधेसलगायतका क्षेत्रमा बारम्बार आन्दोलन भइरहेको दाबी गरेका छन् ।matrika yadav

महोत्तरीको औरहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संयोजक यादवले विगतमा तत्कालीन सरकारले मधेसी दलका नेतासँग गरेको निर्णयको कार्यान्वयन गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूले इमान्दारिता नदेखाएका कारण मधेसमा पुनःआन्दोलन भएको बताए ।

अब बन्ने नयाँ संविधानमा मधेसी, मुस्लिम, आदिवासी, जनजातिलगायत सम्पूर्ण वर्ण, धर्मलाई समान रुपले अधिकार स्थापना गरिनुपर्ने उनको भनाई थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल