मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रम

मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रम

बनेपा, ४ वैशाख । काभ्रेपलाञ्चोकमा मासुको आपूर्ति बढाउन पाडापालन कार्यक्रमका लागि कृषकलाई अनुदान उपलब्ध गराइएको छ ।

जिल्लाको साविकको भुग्देउ गाविसमा रु दुई लाख दुई कृषकलाई उपलब्ध गराउन सम्झौता भएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए । अनुदानप्राप्त कृषकले अनिवार्य कम्तीमा २५ वटा पाडा पालेको हुनुपर्छ ।

साना दूधे पाडा नास नहोउन र पाडाबाट दिगो रुपमा मासु उपलब्ध होस् भन्ने उद्देश्यले अनुदानको व्यवस्था गरिएको हो, उनले भने । सरकारले मासुको मागअनुसार आपूर्ति पनि पूरा गर्ने उद्देश्यले पाडापालन कार्यक्रमलाई प्राथमिकतामा राखेकोे पशु चिकित्सक सापकोटाले उल्लेख गरे।

त्यस्तै जिल्लाको साविकको नार्गेगर्गचे गाविसमा दिनेश लामाले सञ्चालन गरेको तामाकोसी अर्गानिक फार्ममा ५० वटा पाडापालन गरिएको छ । सो फार्मलाई पटक पटक गरेर रु १२ लाखसम्म अनुदान उपलब्ध गराइएको सो कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा तीन वर्षदेखि पाडापालन कार्यक्रम सञ्चालन हुँदै आएको छ । जिल्लामा कुल एक लाख २० हजार भैँसी रहेका र तीनबाट दूधको उत्पादनमा ६० प्रतिशत योगदान रहेको बताइएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल