पौडी पोखरीमा डुबेर किशोरको मृत्यु

पौडी पोखरीमा डुबेर किशोरको मृत्यु

चितवन, वैशाख ३– चितवनको खैरहनीस्थित कङ्कालीमा रहेको पौडी पोखरीमा डुबेर आइतबार एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गर्मीको समयमा कङ्काली डाँडामा आइतबार दिउँसो पौडी खेल्न गएका काठमाडौँका १६ वर्षीय रोजन तिमिल्सिनाको डुबेर मृत्यु भएको हो । तिमिल्सिनाको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

चितवनको राप्ती नगरपालिका–८ स्थित मामाघरमा घुम्नका लागि आएका थिए । उनी साथीहरुसँगै आज पौडी खेल्न गएका थिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल