तेस्रो लिंगीले दिए प्रहरीलाई यौनिक शिक्षा

तेस्रो लिंगीले दिए प्रहरीलाई यौनिक शिक्षा

पोखरा, बैशाख ३– नेपाल प्रहरीका लागि कास्कीको पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा प्रशिक्षण दिइएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमैत्री ब्यवहारका लागि आयोजित अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहतका प्रहरी युनिटबाट पदिक, विल्लादार र जवान गरी झण्डै ३० जना सहभागी थिए ।

ग्लोवल फण्डको एमएसए एचआइभी कार्यक्रम र सेभ द चिल्ड्रेनको सहयोगमा निल हिरा समाजले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा बुझाउदै प्रहरी र समुदाय विच सौहाद्रपूर्ण बाताबरण निर्माण गर्न खोजिएको हो ।

निलहिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालकाअनुसार प्रहरी कर्मचारीको क्षमता अभिबृद्धिका साथै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमैत्री ब्यवहारका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । प्रहरीले यो समुदायका ब्यक्तिहरुप्रति गर्ने ब्यवहार सुधारका लागि पनि अभिमुखीकरण कार्यक्रम सार्थक हुने उनको विश्वास छ ।

कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदायको अधिकारमा वकालत गर्दै आएकी अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक अभिमुखीकरण र लैङ्गिक पहिचानको विषयमा जानकारी गराएकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदायप्रति समाजले हेर्ने दृष्टिकोण र गर्ने ब्यवहार पहिलेको तुलनामा सुधार भएपनि अझै जागरणको खाचो रहेको उनले बताइन् ।

राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखरामा प्रमुख सूर्यबहादुर देउजाले अपराधिकरण, विभेद र दुब्र्यवहारप्रति सजक हुन प्रहरी कर्मचारीलाई आग्रह गरे । यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदायप्रति प्रहरीको ब्यवहार अन्य नागरिक सरह नै हुनुपर्नेमा उनले जोड दिए । आयोगले यो समुदायका अधिकारको विषय अन्तराष्ट्रिय स्तरमा उठान गरिरहेको उनले स्पष्ट पारे ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय प्रमुख शिव खकुरेलले यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदाय प्रति समाज र राज्य अझै पूर्ण रुपमा सकारात्मक हुन नसकिरहेकाले संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयनमा ल्याउनुपर्ने खाचो औल्याए ।
प्रहरी नायब निरिक्षक स्थानेश्वर चापागार्इँले अभिमुखीकरणले प्रहरी कर्मचारीको पेशागत क्षमतामा निखारता ल्याउने काम गरेको बताए । यो समुदायप्रति प्रहरीले आगामी दिनमा मैत्रीपूर्ण ब्यवहार गर्ने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा बोल्दै तेस्रोलिङ्गि विन्दिया गौतम र समलिङ्गि राज क्षेत्रीले पहिलेको तुलनामा घरपरिवार, छरछिमेक र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुदै आएको बताए । उनीहरुका अनुसार कानुन कार्यान्वयन तहमा रहेका प्रहरी कर्मचारीको पनि यौनिक तथा लैङ्गिक अल्पंख्यक समुदायमैत्री ब्यवहारको भने अझै खाँचो छ ।

निल हिरा समाजले देशभर प्रहरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । जसअनुसार पोखरापछि राजधानी काठमाडौंसहित भैरहवा, धनगढी, मोरङ्ग, चितवन र नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने निर्देशक ढकालले बताइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल