‘सूचनाको हक’ विषयक कार्यशाला सम्पन्न

‘सूचनाको हक’ विषयक कार्यशाला सम्पन्न

खोटाङ, बैशाख ३– खोटाङमा सुचनाको हक सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।
स्थानीय तहको निर्बाचनका समयमा पत्रकारहरुलाई आचारसंहिता लागु गराउन तथा जनतालाई सहि सुचना दिलाउने उदेश्यले पत्रकार महासंघ खोटाङले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा क्रियाशील ३० जना पत्रकार सहभागी रहेको गोष्ठीमा पत्रकारसईन्द्र राईले एक कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्लाका सञ्चार अभियन्ता तथा रुपाकोट सुचना तथा सञ्चार सहकारी संस्थाका प्रबन्धक टंक थापा, सम्पादक समाज नेपाल खोटाङका अध्यक्ष वरिष्ठ पत्रकार कृष्ण आचार्यलगायत नयाँ पुस्ताका पत्रकारहरुको सहभागिता रहेको गोष्टीमा पत्रकार आचारसंहिता पालनामा अति ध्यान दिँदै सर्बसाधारणलाई सुसुचित गराउन सबै प्रतिबद्घ रहनुपर्ने धारणा राखिएका थिए ।
जिल्ला सदरमुकाम दिक्तेलबजारमा आयोजित गोष्टी सञ्चालनका लागि पत्रकार महासंघ केन्द्रीय कार्यालयले आर्थिक सहयोग गरेको जिल्ला अध्यक्ष दमन राईले जनाए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल