नवलपरासीको निर्वाचन आयोगको कार्यालय घेराउ

नवलपरासीको निर्वाचन आयोगको कार्यालय घेराउ

परासी बैशाख ३ – मधेशी मोर्चा नवलपरासीले जिल्ला निर्बाचन कार्यालय एक घण्टा घेराउ गरेको छ । स्थानिय निर्वाचन बहिष्कार गर्न र सरकारले ल्याएको नयाँ संसोधन प्रस्तावको विरोध गर्दै मोर्चाले निर्वाचन कार्यालय घेराउ गरेको हो ।
सदरमुकाम परासी स्थित तमलोपा पार्टी कार्यलयउबाट निस्केको मार्चाको बिरोध जुलुसले परासी बजारका बिभिन्न भाग परिक्रमा गरी रामग्राम १ मा रहेको निर्बाचन कार्यालय पुगेर कार्यालय घेराउ गरेको थियो ।
विभिन्न नाराबाजीका साथ मोर्चाका कार्यकर्ताहरुले कार्यालय घेराउ गर्दै पछिल्लो पटक सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव अपुरो भएको आरोप लगाएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल