शान्ति समितिको संयोजकमा पौडेल

शान्ति समितिको संयोजकमा पौडेल

उदयपुर, बैशाख ३ –स्थानीय स्तरमा हुने द्धन्द्धलाई समाधान गर्ने उद्देश्यले गठित स्थानीय शान्ति समितिको संयोजकमा माओवादी केन्द्रका द्रोण पौडेल निर्वाचित भएका छन् । स्थानीय शान्ति समितिको आईतबार बसेको बैठकले माओवादी केन्द्र उदयपुरका संहसंयोजक समेत रहेको पौडेलले ९ मत प्राप्त गरि निर्वाचित बनेका थिए ।
समितिको संयोजकमा संघीय समाजवादी फोरमका ललित साह, नजबुल खान, त्रियुगा उद्योग बाणिज्य संघकी हस्तमाया राईले प्रतिस्पर्धा गरेका थिए । स्थानीय शान्ति समितिको निर्देशिका अनुसार १३ मतमध्ये पौडेलले नौ मत प्राप्त गरेको निर्वतमान संयोजक दत्तनारायण केसीले बताए ।
६÷६ महिनामा संयोजक परिवर्तन हुने स्थानीय शान्ति समितिको निर्देशिका अनुसार आगामी ६ महिनाको लागि संयोजकमा चयन गरिएको शान्ति समितिका निर्वतमान संयोजक केसीको भनाई छ । पौडेलले १४ औ संयोजकको रुपमा आजै पदवाहाली गरेका छन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल