थापालाई अन्तर्राष्ट्रिय मानविय सहायता पुरस्कार

थापालाई अन्तर्राष्ट्रिय मानविय सहायता पुरस्कार

काठमाडौं, बैशाख ३ – अन्तर्राष्ट्रिय मानविय सहायता पुरस्कार– २०१७ बाट फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सूर्यबहादुर थापा पुरस्किृत भएका छन् । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था डि.सि.ए.डेनमार्कमार्फत हरेक वर्ष प्रदान गरिदै आएको उक्त पुरस्कार नेपालबाट थापाले पाएका हुन् ।
मानविय सहायताको क्षेत्रमा अतुलनिय योगदान प्रदान गर्ने व्यक्तिलाई डि.सि.ए, डेनमार्कले आफ्नो कार्यालय रहेका ४० देशमध्येबाट सिफारिस गरिएका व्यक्तिमध्ये एक जनालाई उत्कृष्ट मानविय सहायता पुरस्कार प्रदान गर्दै आईरहेको छ । उक्त पुरस्कार यस बर्ष अप्रिल २९ तारिखका दिन कोपनहेगनमा आयोजित विशेष समरोहकाविच प्रदान गरिने कार्यक्रम रहेको छ ।
थापाविगत ३० वर्ष देखि सामाजिक सेवा, मानविय सहायता र मानवअधिकारको क्षेत्रमाक्रियाशिल रहँदै आएका छन । उनीराष्ट्रिय विपदव्यवस्थापन संजाल नेपाल (डिमान) का अध्यक्ष समेत हुन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल