उपराष्ट्रपतिद्धारा पण्डित सम्मानित

उपराष्ट्रपतिद्धारा  पण्डित सम्मानित

काठमाडौ, बैशाख ३ – उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वोच्च शिखर सगरमाथा, किलर माउन्टेनको उपमा पाएको मनास्लुसहित संसारका ११ पर्वतको सफल आरोहण गरेका संजय पण्डित तथा एकपटक सगरमाथा आरोहण गर्न सफल अमेरिकी चर्चित आरोही भर्न तेजासलाई सम्मान गरेका छन् । आइतवार उपराष्ट्रपति निवासमा भएको कार्यक्रममा उपराष्ट्रपति पुनले सगरमाथा आरोहीद्धय पण्डित र तेजासलाई सम्मान गरेका हुन् ।
गत जनवरीमा अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सेन मासिफ र अन्टार्टिकाकै अर्को चर्चित हिमाल रजम्यान पनि पण्डितले सफल आरोहण गरेका थिए । यि दवै हिमाल आराहणका लागी विश्व चर्चित सेभेन समिटर भर्न तेजासले गाइड गरेका थिए । पण्डितले आफुले अन्टार्टिको सर्वोच्च शिखरमा फरफराएको नेपालको राष्ट्रिय झण्डा र उपराष्ट्रपति अंकित फोटो उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति पुनले प्रमाण–पत्र खादा सहित पण्डितलाई सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा टानका वरिष्ट उपाध्यक्ष एवं पर्यटन व्यावसायी टाँसी लाक्पा शेर्पाको पनि सहभागिता रहेको थियो । कार्यक्रममा उपराष्ट्रपति पुनले संजयजस्ता देशका गहनालाई सरकारले उचित सहयोग गर्ने कुरामा आफु विश्वस्त रहेको बताएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल