दाङमा चुनावी सरगर्मी बढ्यो

दाङमा चुनावी सरगर्मी बढ्यो

दाङ, ३ वैशाख । स्थानीय तहको निर्वाचन आउन अब २८ दिन मात्र बाँकी रहँदा दाङमा चुनावी चहलपहल बढेको छ ।

अहिले जिल्लाका दुई उपमहानगरपालिका एक नगरपालिकासहित सातवटा गाउँपालिकामा चुनावी चहलपहल बढेको हो ।

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकालगायत सातवटा गाउँपालिकाका विभिन्न वडा तथा गाउँमा आ–आफ्ना पक्षमा मतदातालाई आकर्षित गर्नका लागि विभिन्न दलले बैठक, भेला, सभा लगायतका कार्यक्रम गरिरहेका छन् ।

यसैबीच जिल्लाको सबैभन्दा पुरानो नगर सदरमुकाम रहेको घोराही उपमहानगरपालिकामा यतिखेर चुनावी सरगर्मी बढेको छ ।

सो उपमहनगरपालिकामा आफ्नो दलको वर्चस्व कायम राख्न प्रमुख तीन दलसहित साना दललेसमेत दौडधूप गरेपनि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

घोराही उपमहानगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र (माओवादी केन्द्र) बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्रिभुननगरलाई २०६२–६३ को आन्दोलन पछि घोराही नगरपालिका बनाइएकामा गतवर्ष त्रिपुर नगरपालिका, रामपुर गाविस, धर्ना सौडियार सैघा गाविसलाई गाभेर उपमहानगरपालिका घोषणा गरिएको हो । सो उपमहानगरपालिकामा एक लाख ५६ हजार १६४ जनसङ्ख्या छ ।रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल