गर्मीले नेपालगन्जको जनजीवन प्रभावित, ३८ डिग्री पुग्यो तापक्रम

गर्मीले नेपालगन्जको जनजीवन प्रभावित, ३८ डिग्री पुग्यो तापक्रम

नेपालगन्ज, ३ वैशाख । अधिक गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।

करिब ३८ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी अत्यन्त आवश्यक कामबाहेक बिहान र बेलुका घरबाट बाहिर निस्कँदैनन् । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको तथा बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

वैशाखको सुरुआतसँगै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउछन् ।

जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ३५–४० जना विभिन्न सरुवा रोगका बिरामी उपचार गर्न आउने गरेको जनाइएको छ । यस वर्षको गर्मीयाम सुरु भएयता बाँके जिल्लामा पानी पर्न सकेको छैन । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल