फेसबुकमा प्राविधिक परिवर्तनः नक्कली अकाउन्ट हुनेहरु सावधान !

फेसबुकमा प्राविधिक परिवर्तनः नक्कली अकाउन्ट हुनेहरु सावधान !

एजेन्सी

बैशाख २ – फेसबुकले आफ्नो वेबसाइटमा केही प्राविधिक परिवर्तन गरेको छ जसमार्फत अब स्प्याम अकाउन्टको पहिचान गरेर त्यसलाई ब्लक गर्न निकै सजिलो हुनेछ । फेसबुकले अब यस्तो अकाउन्टको पनि पहिचान गरेर ब्लक गर्न सक्षम हुनेछ जुन हर्दा पनि अनधिकृत देखिन्छ । यसका लागि फेसबुकले नक्कली अकाउन्टको ढाँचा र क्रियाकलापमाथि निगरानी गरिरहेको छ ।

फेसबुकले फ्रान्समा ३० हजारभन्दा बढि नक्कली अकाउन्टलाई डिलिट गरिदिएको छ । बिहिबार एक बयान जारी गर्दै फेसबुकले कम्पनीका यस्ता नक्कली अकाउन्टलाई हटाउन चाहेको बताएको छ जुन अत्यधिक सक्रिय छन् र जसको पहुँच निकै धेरै छ ।

फेसबुकले यो कदम फेसबुकमा गलत सूचना र अफवाहलाई फैलनबाट रोक्नका लागि उठाएको बताएको छ ।

फेसबुकका प्राविधिक प्रोग्राम म्यानेजर शबनम शाइकले भने, ‘हामीले खबर पाएका छौं कि थुप्रै फर्जी खबर आर्थिक रुपले प्रेरित छन् र हामी एक जानकार समाज बनाउने आफ्नो प्रयास अनुसार बेइमान मानिसहरुले फेसबुकको लाभ उठाएर झुटो खबर फैलाउन नसकून भन्ने हो ।’

नक्कली अकाउन्टको छाँटकाँटका लागि फेसबुकले आफूहरु त्यसको सामग्रीमा नभई त्यसको क्रियाकलाप र ढाँचाको आधारमा पक्राउ गर्ने बताएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल