फोन घुमाउने तरिकाले खुल्न सक्छ तपाईंले राख्नुभएको पासवर्डको राज

फोन घुमाउने तरिकाले खुल्न सक्छ तपाईंले राख्नुभएको पासवर्डको राज

बीबीसी

बैशाख २ –  मोबाइल फोन घुमाउने तरिकामार्फत ह्याकरले पिन नम्बर र पासवर्डको छनक पाउन सक्छन् ।

न्यूक्यासल युनिभर्सिटीका वैज्ञानिकको ताजा अनुसन्धानले सो कुरा बताएको छ ।

साइबर मामलाका जानकार अनुसार स्मार्टफोनसँग गर्ने व्यवहारले किबोर्ड कस्तो प्रकारले प्रयोग गरिन्छ भन्ने विषयमा जानकारी हुन्छ ।

उनीहरुको दाबी अनुसार यो तरिकाले चार अंकको पिनलाई एकैपटक थाहा पाउने सम्भावना ७० प्रतिशतसम्म हुने गर्दछ र पाँचौं कोसिसमा त सफलताको दर शत प्रतिशत थियो ।

साइबर वैज्ञानिकले प्रविधीमा आधारित कम्पनीलाई यो समस्याबारे जानकारी छ तर उनलाई यो सुल्झाउने तरिका बारे जानकारी नभएको बताएका छन् ।

युनिभर्सिटीको कम्प्युटिङ साइन्स स्कूलका प्रोफेसर डाक्टर मरियम मेहरनेजहाद भन्छन्, ‘धैरैजसो स्मार्टफोन, ट्याब्लेट र अन्य ग्याजेटमा विभिन्न प्रकारका सेन्सर हुन्छन् ।’

उनीहरुले भने, ‘धेरैजसो मोबाइल एप र वेबसाइटमा यस्ता प्रोग्राम हुन्छन् जुन गोप्य तरिकाले तपाईंको सेन्टर डेटामा निगरानी राख्ने गर्दछन् ।’

डाक्टर मरियम मेहरनेजहाद भन्छन्, ‘तपाईं आफ्नो फोन वा ट्याब्लेटको ब्राउजरमा जब कोही पाना खोल्नुहुन्छ तब यसको कोडिङ यस्तो प्रकारले हुन्छ कि थुप्रै पाना एक साथ खुल्ने गर्दछ र त्यसमा तपाईं जुन नीजि जानकारी भर्नुहुन्छ, त्यसको जासूसी गर्न सकिन्छ ।’

अनुसन्धान गर्ने टोलीका अनुसार धेरैजसो डिभाइसमा २५ भिन्न प्रकारको सेन्सर हुन्छन् र ह्याकरले यसलाई टार्गेट गर्न सक्छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल