बाँकेमा आन्दोलनकारीले ढुंगा हान्दा मोटरसाइकल चालकको मृत्यु

भदौ १८ –

बाँकेमा आन्दोलनकारीले ढुंगा हान्दा मोटरसाइकल चालकको मृत्यु

बाँके – बन्दको बेला मोटरसाईकल चलाएको भन्दै कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको मे ५ प ४२५० नम्बरको मोटरसाइकलमाथी कोहलपुर नेपालगञ्ज सडकखण्डको पिप्रहवामा आन्दोलनकारीले ढुँगा हानेका थिए ।

ढुँगाले लागेर भएको मोटरसाईकल दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षका करण सिंहको मृत्यु भएको हो । दुर्घटनामा उनका भाइ विनोद साही घाइते भएका छन् ।

उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ढुंगा हान्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रजित गडरिया र धर्मेन्द्रा बर्मा रहेको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल