सामसङले अब दुईवटा स्क्रिन भएको स्मार्टफोन ल्याउँदै

सामसङले अब दुईवटा स्क्रिन भएको स्मार्टफोन ल्याउँदै

एजेन्सी

चैत ३१ – स्मार्टफोनमा नयाँ प्रविधिको कुरा आउँदा एप्पल र सामसङ शीर्ष स्थानमा छन् । सामसङले डुअल एज कर्भ्ड स्क्रिन भित्र्याएर संसारभरी नाम कमाएको छ । त्यसपछि अन्य कम्पनीले पनि यसलाई आफ्नो ‘हाइ एण्ड’ स्मार्टफोनमा दिइरहेको छ । रिपोर्टका अनुसार अब सामसङले दुईवटा स्क्रिन भएको स्मार्टफोनमा काम गरिरहेको छ । स्क्रिन घुम्ने स्मार्टफोनमा पनि कम्पनीले पहिले देखि नै काम गरिरहेको छ ।

रिपोर्टका अनुसार कम्पनीले दुई डिस्प्ले भएको स्मार्टफोनको प्रोटोटाइप विकास गरिरहेको छ । यो प्रोटोटाइप स्मार्टफोनमा दुईवटा डिस्प्ले हुनेछ जसलाई घुमाउन सकिन्छ अर्थात् यसलाई १८० डिग्रीमा फ्लिप गर्न सकिन्छ ।

दक्षिण कोरियाली ‘द इन्भेस्टर’को एक रिपोर्ट अनुसार सामसङले यो वर्षको बिचसम्म दुईदेखि तीन हजार प्रोटोटाइप विकास गर्ने लक्ष्य राखेको छ । यसका लागि कम्पनीले पहिलेदेखि नै कम्पोनेन्ट्स अर्डर गरिरहेको छ ।

कम्पनीका कर्मचारीले द इन्भेस्टर्सलाई भने, ‘सामसङ फोल्डेबल स्मार्टफोनलाई वास्तविकतामा परिवर्तन गर्नका लागि दुईवटा डिस्प्ले भएको स्मार्टफोनको परिक्षण गरिरहेको छ ।’

रिपोर्टका अनुसार सामसङको डिस्प्ले विभागले यो वर्षको बिचमा फोल्ड हुने स्मार्टफोनको सिमित संस्करणको रुपमा पेश गर्नका लागि लगातार स्क्रिन परिक्षण गरिरहेको छ ।

यद्यपी, यसबारे कम्पनीले अझै पनि आधिकारिक जानकारी दिएको भने छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल