चौथो पटक भैरहवामा निषेधित क्षेत्र घोषणा

भदौ १८

चौथो पटक भैरहवामा निषेधित क्षेत्र घोषणा

भैरहवा – जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा चौथो पटक निषेधित क्षेत्र घोषणा गरेको छ ।

कार्यालयले आज साँझ ६ बजेदेखि आगामी भदौ २४ गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा, जुलुस, पाँचजनाभन्दा बढी मान्छे हिँड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज विज्ञप्ति जारी गर्दै भैरहवाको पूर्वमा वसन्तपुर गाविसको वाइपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायाँदेवी चोक, उत्तरमा विद्युत् कार्यालय र दक्षिणमा बेलहिया वाइपास रोडसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रशासनले निषेधित क्षेत्र घोषणा गरे पनि यातायात, पसल, बजार भने सहज रुपमा सञ्चालन गर्न पाइने प्रजिअ ढकालले जानकारी दिए । विगत २२ दिनदेखिको बन्दका कारण भैरहवालगायत मर्चवार, लुम्बिनी, धकधई क्षेत्रको जनजीवन कष्टकर बनेको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल