वैज्ञानिकहरुले बनाए कृत्रिम सूर्य

वैज्ञानिकहरुले बनाए कृत्रिम सूर्य

जर्मनी, चैत २७ – जर्मनीका वैज्ञानिकहरुले विश्वकै ठूलो कृत्रिम सूर्य बनाएका बनाउन सफल भएका छन् ।

१४९ वटा जेनन सर्ट आर्क ल्याम्पलाई प्रयोग गरेर उनीहरुले सो कृत्रिम सूर्य बनाउन सफल भएका हुन् ।

यसले सूर्यबाट पृथ्वीमा आउनेभन्दा १० हजार गुणा सौर्य विकिरण पैदा गर्न सक्छ । यसको मद्दतले पृथ्वीमा पाइने कुनै पनि धातु वा जिवित प्राणीलाई केही क्षणमा पगाल्दिन सक्छ ।


साइनलाइट नाम दिइएको उक्त शक्तिशाली यन्त्रको प्रयोग कसैलाई ‘फ्राई’ गर्नुभन्दा वातावरण मैत्री इन्धन हाइड्रोजनलाई लागत प्रभावकारी ढंगले कसरी गर्न सकिने भन्ने शोधका लागि गरिनेछ ।

जर्मन एरोस्पेस सेन्टरका अनुसार ऐनाको मद्दतले सूर्यको प्रकाशलाई एउटा सानो क्षेत्रमा फर्काएर ठूलो मात्रामा इनर्जी रियाक्सन पैदा गर्न सकिन्छ जसबाट पानीको बाफबाट हाइड्रोजन ग्यासलाई छुट्याउन सकिनेछ । तर, यसलाई कसरी गर्ने थाहा नभएपछि उनीहरुले सिनलाइट निर्माण गरेका हुन् । यसले सानो रुपमा गर्न लागिएको प्रयोगलाई ठूलो बनाउन मद्दत गर्नेछ ।


१४९ वटा जेनन सर्ट आर्क ल्याम्पलाई २० बाई २० सेन्टिमिटरको क्षेत्रफलमा केन्द्रीत गरिन्छ, यसले सूर्यको विकिरणभन्दा १० हजार गुणा विकिरण पैदा गर्नेछ । जसले त्यहाँको तापक्रम ३ हजार डिग्री सेल्सियस पुग्नेछ ।

यस्तो बत्तिको प्रयोग सिनेमा पनि उज्यालो बनाउन गरिन्छ । सिनेमामा एउटै बत्तिले काम गर्छ भने यहाँ ४५ फिट अग्लो क्षेत्रफलमा १४९ वटा त्यस्ता बत्तिहरु प्रयोग गरिएका छन् ।

हाइड्रोजन पृथ्वीमा धेरै पाइन्छ तर शुद्ध हाइड्रोजन भने पाउन गाह्रो छ ।

वैज्ञानिकहरु सनलाइटको माध्यमबाट कम लागतमा शुद्ध हाइड्रोजन उत्पादन गर्न सकिने बताउँछन् ।


यसबाट वातावरणमैत्री उर्जा निर्माण गर्ने उनीहरुको लक्ष्य छ ।

यसअघि पनि हाइड्रोजन इन्धन निर्माण गर्ने प्रयास नगरेका होइनन् । तर, ति सबै असफल भएका छन् ।

हाइड्रोजनलाई भविश्यको इन्धनको रुपमा हेरिएको छ किनभने यो बल्दा कार्बोन डायोअक्साइड निर्माण हुँदैन ।

सिनलाइटलाई निर्माण गर्न ३५ लाख युरो तथा दुई वर्ष समय लागेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल