महासंघको सदस्यमा बज्राचार्यको उम्मेदवारी

महासंघको सदस्यमा बज्राचार्यको उम्मेदवारी

काठमाडौं, चैत २७–नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको केन्द्रिय सदस्य पदमा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष सुरज बज्राचार्यले उम्मेदवारी दिएका छन् ।

साना तथा मझौला व्यवसायीको हकहितमा समर्पित हुने र महासंघमा साना मझौला व्यवसायीको प्रतिनिधीत्व गराउने उदेश्यले उनले उम्मेदवारी दिएको वताए ।
उनले वस्तुगत तर्फवाट व्यवसायी अनुपवहादुर मल्लको नेतृत्वमा उम्मेदवारी दिएका हुन् ।

‘महासंघलाई सवै क्षेत्रको व्यवसायीको प्रतिनिधित्व आवश्क छ’, वज्राचार्यले भने, ‘निजी क्षेत्रको छाता संस्था भएकाले मैले पनि महासंघमा उम्मेदवारी प्रस्तुत गरेको हो, सवै व्यवसायीले मेरो आवश्यकता ठानेका छन् ।’

उनले आफुप्रति पुराना, पूर्व अध्यक्ष अहिलेका धेरै युवा व्यवसायी सकारात्मक रहेको वताए ।

उनीसँगै रसायन तथा मेडिकल एसोसिएसनका अध्यक्ष भक्तवहादुर हमाल, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका अध्यक्ष हेमराज ढकाल, मत्स्य व्यवसायी संघका तुलसीराज गिरीले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको जनाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल