जब दुई तारा अन्तरिक्षमा टक्राए

जब दुई तारा अन्तरिक्षमा टक्राए

एजेन्सी

काठमाडौँ, चैत २७ – वैज्ञानिकहरुले दुईवटा भर्खरै बनेका दुई ‘युवा’ ताराहरु एकआपसमा टक्कर खाएको तस्विर खिच्न सफल भएका छन् ।

ओरियोन नक्षत्रमा भएको यो घटना करिप ५ सय वर्ष अघि भएको थियो । जसबाट अन्तरिक्षमा ठूलो मात्रामा धुलो र ग्याँस फैलिएको थियो ।

अध्ययनकर्ताका अनुसार उक्त टकरावबाट हाम्रो सूर्यले १ करोड वर्षमा उत्पादन गर्ने शक्ति पैदा भएको थियो ।


यस घटनाबारे एस्ट्रोफिजिकल जर्नलमा विस्तृतमा उल्लेख गरिएको छ ।

विशेष गरेर पूराना ताराहरु मर्दा अन्तरिक्षमा यस्तो विस्फोट देख्न पाइन्छ जसलाई सुपरनोभा पनि भनिन्छ ।

तर, यो नयाँ तस्विरमा ठीक उल्टो ताराहरु बनिरहेको बेला विस्फोट भएको पाइएको छ ।

विशाल ग्यासको बादल आफ्नै गृरुत्वाकर्षणका कारण ढलेपछि नयाँ तारा बन्ने गर्छ । पृथ्वीबाट १५ सय प्रकाश वर्ष टाढा रहेको ओरियोन मोलिक्युलर क्लाउड १ मा यसरी नै ताराहरु बनिरहेका थिए ।


गुरुत्वाकर्षणले यी दुई ताराहरुलाई एक आपसमा अकर्षित गरेका थिए । करिब ५ सय वर्षअघि उनीहरु एक आपसमा ठोक्किए । यसबाट अन्तरिक्षमा १५० किलोमिटर प्रति घण्टाको रफ्तारमा धुलो र ग्याँस फैलिएको थियो ।

सन् २००९ मा नै अध्ययनकर्ताहरुले यसबारे थाहा पाएका थिए । अहिले उत्तरी चिलीमा रहेको अटाकामा लार्ज मिलिमिटर÷सब मिलिमिटर एरे (अल्मा) को प्रयोग गरेर उक्त विस्फोटको तस्विर हेर्न सफल भएका हुन् ।

वैज्ञानिकहरुले यसले तारा बन्दा हुने विस्फोटको बारेमा नयाँ जानकारी दिन सफल भएको बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल