तोलामा ५ सय घट्यो सुनको भाउ

तोलामा ५ सय घट्यो सुनको भाउ

काठमाडौं, चैत २७– नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटेको छ । गत साताको शुक्रबार प्रतितोला ५४ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज ५ सय रुपैयाँले घटेर ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आइरहेको उत्तरचढावकै कारण नेपाली बजारमा पनि सुन घटवढ भइरहेको छ ।
यस्तै, चाँदीको भाउ आज प्रतितोला ८ सय रुपैयाँ रहेको छ । गत शुक्रबार चाँदीको भाउ प्रतितोला ८ सय १० रुपैयाँ थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल