मलेसियाली लगानीकर्तालाई नेपालमा लागानी गर्न उर्जामन्त्रीको आग्रह

मलेसियाली लगानीकर्तालाई नेपालमा लागानी गर्न उर्जामन्त्रीको आग्रह

क्वालालम्पुर, चैत २७–उर्जामन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण वनिसकेको भन्दै मलेसियाली लगानीकर्तालाई लगानीका लागि आग्रह गरेका छन् ।

क्वालालम्पुरमा शनिवार आयोजित अन्र्तक्रियामा उनले नेपालमा लगानीको वातावरण वनेको भन्दै जलविद्युृत क्षेत्रमा लगानी गरेर फाइदा लिन मलेसियाली लगानीकर्तालाई आग्रह गरे । उनले विदेशी लगानीकर्तालाई सरकारले सधै स्वागत गरेको वताए ।

नेपालमा लगानीका लागि के कस्तो अवस्था छ भन्ने मलेसियाली नागरिकको जिज्ञासामा प्रसस्त जल, जंगल, जमिन र जडिवुटी रहको तथा त्यसमध्ये जलविद्युत लगानीको पहिलो प्राथमिकतामा राखिएको मन्त्री शर्माले वताए ।

कार्यक्रममा मलेसियन एक्सपोर्टस एसोसिएसन, वाइटिएल लण्डन लगायत आधा दर्जन वढी मलेसियाली व्यवसायीक संघसंस्था र कम्पनीका साथै नेपाली प्रतिनिधी, सारेकारवाला, श्रमिक सहभागि रहेको जनाइएको छ । मलेसियाली टोली आगामी मे मा नेपाल आउने जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल