नेपालीको खर्च : माछामासु र तरकारीमा मात्रै एक खर्ब बढी 

नेपालीको खर्च :  माछामासु र तरकारीमा मात्रै एक खर्ब बढी 

काठमाडौ, चैत २७–नेपालीले हरेक वर्ष कमाएको रकम मध्ये अधिकाशं रकम खाद्यान्य, माछामासु तथा तरकारीमै खर्च गर्ने गरेको पाइएको छ । केन्द्रिय तथ्याङ्क बिभागले हालै गरेको पारिवारिक सर्वेक्षणको नतिजा अनुसार यस्तो देखिएको हो ।
नेपालीहरुले कमाएको रकम मध्ये वार्षिक माछामासुमा मात्र एक खर्व ३८ अर्व २६ करोड रुपैयाँ खर्च हुने गरेको छ । यस्तै, तरकारीमा एक खर्व ६ अर्व ६३ करोड, दुध तथा अण्डामा ७३ अर्व ८७ करोड, तेल ध्युमा ६३ अर्व ४९ करोड र फलफुलमा ३५ अर्ब ८३ करोड रुपैयाँ खर्च रहेको छ । मसला जन्य वस्तुमा ३३ अर्व ७१ करोड रुपैयाँ कुल खर्च देखिखएको छ ।
नेपाली समुदायको वसोवास अनुसार ग्रामिण क्षेत्रको भन्दा सहरिया क्षेत्रमा वढी खर्चको अवस्था देखिएको छ । ग्रामिण परिवारको प्रति परिवार बािषर््ाक उपभोग खर्च २ लाख ४८ हजार ८ सय ९३ रुपैयाँ छ भने सहरी घरपरिवारको बार्षिक औषत उपभोग खर्च ४ लाख ३१ हजार ३ सय ३७ रुपैयाँ छ । यस्तै, औषतमा भने उपभोग खर्च खर्च ३ लाख २२ हजार ७ सय ३० रुपैयाँ रहेको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ ।
नेपालीहरुले वार्षिक रुपमा प्रतिव्यक्ति ७० हजार ६ सय ८० रुपैयाँ खर्च गर्ने गरेको पनि विभागको सर्वेक्षणमा देखिएको छ । नेपालीको प्रति व्यक्ति आय भने वार्षिक ८० हजार ९२ रुपैयाँ छ । नेपालमा हाल घर परिवार ५४ लाख रहेको तथा उनीहरुको वार्षिक कूल उपभोग खर्च १८ खर्व २५ अर्ब रहेको छ । यो खर्च गत वर्षभन्दा ११ प्रतिशत वढेको पनि विभागले जनाएको छ । नेपालीले अल्कोहल तथा नन्अल्कोहलमा ६१ अर्ब १८ करोड खर्च गर्ने गरेको पनि जनाइएको छ ।
यस्तै, चिनी तथा मिठाइमा २४ अर्व ९० करोड, चिया तथा कफीमा ६ अर्व २३ करोड रुपैयाँ खर्च हुने गरेको तथ्याङ्कले देखाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल