अनुपवहादुर मल्ल वस्तुगततर्फको उपाध्यक्षमा लड्दै, हमाल र बज्राचार्य सदस्यका उम्मेदवार

अनुपवहादुर मल्ल वस्तुगततर्फको उपाध्यक्षमा लड्दै, हमाल र बज्राचार्य सदस्यका उम्मेदवार

काठमाडौं, चैत २७–नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका व्इवसायी अनुपवहादुर मल्लले आफ्नो काम र जिम्मेवारी वहनको मुल्याङ्कन हुनुपर्ने वताएका छन् । उनले विगत १८ बर्षदेखि महासंघको गतिविधीमा आफु प्रत्यक्ष संलग्न हुदै आएको र यस पटक वस्तुगत तर्फको उपाध्यक्षमा उम्मे्दवाी दिएका वताए ।
उनले आफ्नो कार्य सम्पादनका हिसावले पनि उपाध्यक्षमा निर्वाचित हुनुपर्ने तर्क राखेका छन् । उनले व्यवसायीक परिवार र घरानाको कुरा गरेर अघि नवढ्ने भन्दै व्यक्तिगत रुपमा चुनाव जित्नेमा विश्वपास व्यक्त गरेका छन् । उनले परिवारकै कुरा गर्दा आफु पनि जयस्थीति मल्लल र रणजीत मल्लको परिवारको मान्छे भएको भन्दै तर त्यो परिवारको मान्छे भउको हिसावले चुनाव जित्नुपर्छ नभनेको वताए । अहिलेसम्म चुवान हारेको इतिहास नरहेको भन्दै मल्लले यस पटक पनि जित्ने विश्वास व्यवक्त गरे ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भवानी राणा र अध्यक्ष पशुपति मुरारकाले समेत शुभकामना दिएका थिए । उनीहरुले मल्ल पुरना र महासंघमा लामो समय देखिएको क्रियाशिल व्यक्ति भएको बताए ।
यी हुन मल्ल टीमका खेलाडी
मल्लको टीमवाट रसायन तथा मेडिकल एसोसिएसनका अध्यक्ष भक्तवहादुर हमाल, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष सुरज बज्राचार्य, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका अध्यक्ष हेमराज ढकाल, मत्स्य व्यवसायी संघका तुलसीराज गिरीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् ।
शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा मल्ल टीमवाट सदस्यमा उम्मेदवारी दिएका हमाल, बज्राचार्य, गिरीले आफुहरु सशक्त उम्मेदवार भएको तथा युवा व्यवसायी भएकाले जित निश्चित भएको बताए । महासंघको संस्थागत विकास तथा साना मझौला व्यवसायीको हक हित र प्रवद्र्धनमा आफुहरु क्रियाशिल रहेको भन्दै केन्द्रिय सदस्यका उम्मेदवारले आफुलाई जिम्मेवार ढंगले महासंघको नयाँ समितिमा उम्मेदवारका रुपमा प्रस्तुत गरेको वताए । ‘हामी साना मझौला उद्योगीको पक्षमा आवाज उठाइरहेका छौ’, सदस्यका उम्मेदवार नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष सुरज बज्राचार्यले भने, ‘हामी महासंघमा निश्पक्ष रुपमा नेतृत्व चयन गर्ने र सवैको हितमा काम गर्ने पक्षमा छौ ।’ यस्तै अर्का उम्मेदवार रसायन तथा मेडिकल एसोसिएसनका अध्यक्ष भक्तवहादुर हमालले सवै व्यवसायीको हितका लागि आफुहरुले उम्मेदवारी प्रस्तुत गरेको भन्दै सवैलाई मतका लागि आग्रह समेत गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल