सवारी साधन आयातमा कमिले राजस्वमा गिरावट

सवारी साधन आयातमा कमिले राजस्वमा गिरावट

काठमाडौं, चैत २६ – मुलुकको राजस्व संकलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ ।

वीरगन्ज भन्सार नाका प्रयोग गरी नेपालमा आयात हुने सवारी साधनमा भारी गिरावट आएपछि राजस्व संकलनमा कमी आएको हो ।

माघ र फागुन महिनामा सवारी साधनको आयातमा भारी गिरावट आएपछि राजस्व संकलनमा कमी आएको वीरगंज भन्सार कार्यालयका प्रमुख सेबन्त पोखरेलले जानकारी दिए ।
माघ र फागुन महिनामा मात्रै मंसीर र पुस महिनाको भन्दा १ हजार २७ वटा कार, जीप र भ्यान आयातमा कमी हुँदा २ अरव ३० करोड राजस्व गुमाउनु परेको वीरगंज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

भन्सार प्रमुख पोखरेलले मंसीर र पुस महिनासम्म भने राजस्व संकलन लक्ष्य अनुसार नै भएको पनि स्पष्ट पारे । उनले भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने जीप, कार तथा भ्यानमा वित्तिय संस्थाले लगानी गर्न नमानेपछि ती साधनहरुको आयातमा कमी आएको पनि उल्लेख गरे।

सरकारले वीरगंज भन्सार कार्यालयबाट यस वर्ष १ खरव ७ अरव राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । वीरगंज भन्सार कार्यालयले हालसम्म ७० अरव ७१ करोड राजस्व संकलन भएको पनि स्पष्ट पारेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल