भन्सारबाट छुटेका मालवाहक ट्रक प्रहरी नियन्त्रणमा

भन्सारबाट छुटेका मालवाहक ट्रक प्रहरी नियन्त्रणमा

वीरगं, चैत २६– पर्सा प्रहरीले वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भइ छुटेका दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्ज भन्सारबाट जाँचपास भइ छुटेका मालवाहक ट्रकहरुमा भन्सारले प्रज्ञापन पत्रमा उल्लेख गरेको भन्दा बढि मालसामान रहेको आशंकामा पर्सा प्रहरीले ट्रक गएराति वीरगन्जको रजत जयन्ती चोकबाट नियन्त्रणमा लिएको हो ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले वीरगन्जको रजतयन्ति चोकमा गएराति करिब नौ बजे ना ४ ख ३९७ नम्बरको ट्रकलाइ चेकजाँचका लागि रोक्न खोज्दा चालक ट्रक छाडेर फरार भएको भन्दै प्रहरी उपरिक्षक गोविन्द कुमार साहले उक्त ट्रकको चालक बस्ने क्याबिनबाट भन्सार राजश्व नितरेको कपडा र हार्डवेयरका सामानहरु ठूलो परिमाणमा बरामद भएको बताए ।

बरामद भएका सामन सहितको ट्रक आवश्यक कार्वाहीका लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइने जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल