फेसबुकमा अब पोष्ट हुँदैनन् अश्लिल तस्बिर, के हट्ला ‘साइबर क्राइम’ ?

फेसबुकमा अब पोष्ट हुँदैनन् अश्लिल तस्बिर, के हट्ला ‘साइबर क्राइम’ ?

बीबीसी

चैत २६ – फेसबुकमा कसैको अश्लिल तस्बिर सम्बन्धित व्यक्तिको अनुमती बिना पोष्ट गर्न चाहनेलाई रोक्ने तयारी भइरहेको छ । यस्तो प्रकारको पोष्टलाई रिभेन्ज पोष्ट भनिन्छ ।

फेसबुकले यस्तो प्रकारको तस्बिरलाई दोस्रोपटक पोष्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउँदैछ ।

यो रोक फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लागु गरिनेछ यद्यपी ह्वाट्सएपमा अहिले यो लागु हुनेछैन ।

फेसबुक आफैंले ती मानिसहरुलाई खोज्ने छैन जसले यस्तो प्रकारको पोष्ट गर्दछन्, उनीहरु ती पोष्टमाथि कारवाही गर्नेछन् जुन रिपोर्ट टुलमार्फत आउँछन् । आपत्तिजनक पोष्टमा रिपोर्ट टुलमार्फत फेसबुकमा सम्बन्धित तस्बिरमाथि आपत्ति जनाउन सकिन्छ ।

त्यसपछि कम्यूनिष्ट अपरेशन समूहले उजुरी गर्ने व्यक्ति तस्बिरमा देखिएको छ/छैन यसबारे निर्णय गर्नेछ । अनुसन्धानपश्चात् त्यसलाई हटाइनेछ र जुन अकाउन्टबाट पोष्ट गरिएको हो त्यसलाई ब्लक गरिनेछ ।

त्यसपछि कुनै मानवीय सहयोग बिना एक फोटो पहिचान गर्ने सफ्टवेयरले ब्लक गरेको तस्बिर भविष्यमा अर्को पटक पोष्ट गर्न नसकियोस् भनी सुनिश्चित गर्दछ ।

फेसबुकको वैश्विक सुरक्षा प्रमुख एन्टिगान डेविसले बीबीसीलाई भने, ‘यो पहिलो कदम हो र हामी यो प्रविधिलाई बनाउन जुटेका छौं । हामी चाहन्छौं कि यस्तो प्रकारको सामग्रीलाई प्रारम्भिक चरणमा नै रोक्न सकियोस् ।’

यस्तो प्रकारको तस्बि। विरुद्ध अभियान चलाउनेहरुले फेसबुकको यो कदमलाई स्वागत गरेका छन् ।

बेलायतको रिभेन्ज पोर्न हेल्पलाइनका संस्थापक लरा हिगिन्सले भनिन्, ‘धेरैजसो यस्तो प्रकारको तस्बिर सोसल मिडियामा घरेलु परिस्थितीको रुपमा पोष्ट गरिन्छ जसमार्फत कुनै आफ्ना नजिककालाई निशाना बनाउन सकियोस् । ’

हिगिंसकी संस्थाले सन् २०१५ देखि अहिलेसम्म यस्तो प्रकारको ६ हजार २ सय मुद्दामाथि काम गरिसकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल