अरुण काबेली पावरको साधारण सेयर नेप्सेमा सुचिकृत

अरुण काबेली पावरको साधारण सेयर नेप्सेमा सुचिकृत

काठमाडौ, चैत २५ – अरुण काबेली पावरको साधरण सेयर नेप्सेमा सुचिकृत भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले प्रबर्धन गरी विकास गरेको अरुण काबेली पावर लिमिटेडको १ करोड ५० लाख कित्ता साधारण सेयर शुक्रबारका दिन सिडिएस तथा क्लियरिङ लिमिट हुँदै नेप्सेमा सूचिकृत भएको हो । यसको सिम्वोल ‘एकेपीएल’ रहेको छ ।


सूचिकृत भएको सेयरको प्रारम्भिक मूल्य ९९ देखि २ सय ९७ रुपैयाँसम्म रहेको छ । कम्पनीको जम्मा २९ लाख १० हजार कित्ता साधारण सेयर आइतबारदेखि सेकेन्डरी मार्केटमा किनबेच गर्न सकिने भएको छ ।
संस्थापक सेयरधनीहरुको १ करोड ५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको १५ लाख कित्ता तथा कम्पनीमा कार्यारत कर्मचारीहरुको ९० हजार कित्ता मिति २०७६ साल पुस ४ गते (प्राथमिक सेयर निष्काशनको बाँडफाँडको मितिले ३ वर्ष) सम्म लक इन हुनेछ र सो अवधि पूरा भएपछि मिति २०७६ पुस ५ गते देखि स्वतः फुकुवा हुने जनाइएको छ ।

नेप्सेमा सूचिकृत हुने यो १२ औं जलविद्युत कम्पनी हो । यस कम्पनीको सेयर रजिष्ट्रार कम्पनी आफंैले गर्ने भएकोले सेयर सम्बन्धि अन्य जानकारी कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौमा रहेको सेयर शाखाबाट प्राप्त गर्न सकिनेछ ।
कम्पनीको शेयर शाखा आइतबार देखि बिहीबार सम्म बिहान १० बजे देखि दिउसो ३ बजे सम्म तथा शुक्रबार बिहान १० बजे देखि दिउसो १ बजे सम्म खुल्ला रहनेछ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल