घरजग्गा मेला सुरु, आलि काटेर प्लानिङ हुदैन: ओली

घरजग्गा मेला सुरु, आलि काटेर प्लानिङ हुदैन: ओली

काठमाडौं, चैत २५– राजधानीमा शुक्रबारवाट छैठौ घरजग्गा मेला (पोपर्टी एक्सपो) सुरु भएको छ । मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।

नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको मेलामा एक सय २० वटा स्टल रहेका छन् । संघको आयोजनामा हरेक वर्ष राजधानीमा यो मेला आयोजना हुने गरेको छ ।
मेलामा घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निमार्ण सामाग्री, उत्पादक, विक्रेता इन्जिनियररिङ तथा आर्किटेक्चर, बैंक, वीमाको सहभागिता रहेको छ ।

खासगरि, भूकम्प प्रतिरोधी घर तथा आवास निमार्ण सम्वन्धी प्रदर्शनी, सो सम्वन्धी जानकारी तथा आवश्यक परामर्श मेलामा उपलव्ध रहेको आयोजक नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ ।
आगामी चैत २८ गते ‘हाउजिङ समिट’ सहित सम्पन्न हुने मेलामा सहरी विकास तथा भवन निमार्ण विभाग र काठमाडौ उपत्यका विकास प्राधिकरणको समेत सहभागिता रहेको छ । संघका अधयक्ष इच्छाराज तामाङका अनुसार यो मेलामा घरजग्गाको कारोवार मात्र नभई घर निमार्णका बिषयमा पर्याप्त जानकारी तथा परामर्श समेत उपलव्ध हुने छ ।
नेपालमै पहिलो पटक यसचोटी हाउजिङ समिट आयोजना हुन लागेको संघले जनाएको छ । समिटको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
व्यवस्थित आवासको खाँचो : राष्ट्रपति
छैठौ घरजग्गा मेलाको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकको क्रय शक्ति घट्दै गएको र घरवार विहीन हुनेको संख्या समेत वढ्दै गएकाले व्यवस्थित आवासको आवश्यकता रहेको वताएकी छिन् ।
उनले भूकम्प, वाढी पहिरो तथा अन्य प्राकृतीक प्रकोपका कारण घरवार विहीन हुनेहरुका लागि पनि सरकार र सम्वन्धित निकायले व्यवस्थिर सुरक्षित आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
निजी क्षेत्रका व्यवसायीले निमार्ण गरेका आवास क्षेत्र तथा अपार्टमेन्टहरुको गुणस्तर अभाव र प्राविधिक क्षमता कमजोर हुँदा विपत्ति आउने गरेको भन्दै त्यसमा पनि विषेश ध्यान पु¥याउन उनले आग्रह गरिन् । मुलुकको आर्थिक विकास तथा सहज रुपमा नागरिकको जीवन यापनका लागि व्यवस्थि र सुरक्षित आवासको आवश्यकता हने भन्दै यस किसिमका मेलाले मुलुकको आर्थिक समृद्धि, प्राविधिक क्षमता विस्तार तथा घर निमार्णका विषयमा परामर्श र जानकारी मिल्ने समेत वताइन् । उनल घर निमार्णमा हाम्रो आप्नै संस्कार रहेको भन्दै मौलिकता, वास्तु आदीलाई पनि ध्यानदिन पर्नेमा जोड दिइन् ।

आलि काटेर प्लानिङ हुदैन : ओली
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले व्यवस्थित प्लानिङका नाममा आली काटेर दुई आना जग्गा विक्रि गर्नेले समस्या ल्याएको वताएका छन् । उनले प्लटिङ र प्लानिङका नाममा खेती योग्य जमिन मासिदै गएको पनि वताए ।
‘खेती योग्य जमिनमा दुई दुई आना जग्गा चिरेर आली जस्तो वाटो लैजाने अनि त्यसैलाई प्लानिङ भन्ने गरेका छन्’, ओलीले भने, ‘यसरी व्यवस्थित वसोवास हुदैन, नयाँढंगवाट व्यवस्थित आवासको लागि जोड दिनुपर्छ ।’ उनले खेती योग्य जमिनमा वसोवासको व्यवस्था गर्न नहुने वताए ।
ओलीले व्यवस्थित हिसावका घर जग्गा निमार्ण, भूकम्प तथा प्राकृतीक विपत्तिमा पनि समस्या नआउने हिसावले प्लानिङ गरेर वसोवासका व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । आफ्नो सरकारका पालमा तराइमा २० हजार व्यवस्थित घर निमार्णको योजना वनाएको भन्दै अहिलेको सरकारले त्यसलाई वास्ता नगरेको वताए । अर्को एक फरक प्रशंगमा ओलीले प्रचण्ड सरकारको ८ महिना त्यतीकै वितेको भन्दै अव नयाँ आवश्यकता मुलुकले खोजेको तर्क समेत राखे । उनले मुलुकलाई जसरी पनि आर्थिक समृद्धितिर लैजानुको विकल्प नरहेको टिप्पणी समेत गरे ।
आर्थिक समृद्धि अवको वाटो : उद्योगमन्त्री
उद्योग मन्त्री नविन्द्रराज जोशीले अवको वाटो आर्थिक समृद्धिको भएको वताएका छन् । घरजग्गा मेलामा वोल्दै उनले अव कसैले छेकेर पनि मुलुक आर्थिक विकासको वाटोमा पछि हट्न नसक्ने वताए । उनले यो खालका घरजग्गा मेलाले आर्थिक गतिविधीको विकासमा सघाउ पु¥याउने वताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल