स्रोत जुटाउन बैंक तथा वित्तिय संस्थालाई गर्भनरको निर्देशन

स्रोत जुटाउन बैंक तथा वित्तिय संस्थालाई गर्भनरको निर्देशन

काठमाडौ, चैत २५ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विकास निर्माणको कामलाई अघि बढाउन बजेट अभाव रहेको बताएका छन् ।

गभर्नर नेपालले सरकारसँग बजेट अभाव भएकै कारण विकास निर्माणको काम गर्न दातृ निकायसँग ऋण सहायता लिने गरेको पनि स्पष्ट पारे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कूल बजेटको ७० प्रतिशत रकम साधारण खर्चमै सकिने र बाँकी २० प्रतिशत बजेटले विकास निर्माणको काम गर्नुपर्ने अवस्था रहेको बताए ।

गभर्नर नेपालले मुलुकको समृद्धिका लागि वित्तिय स्रोत जुटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन पनि दिए । नेपाल राष्ट्र बैंकले विकास निर्माणको आयोजनाका लागि वित्तिय व्यवस्थापन गर्नेगरी नीतिगत व्यवस्था नै गरेको छ ।

गभर्नर नेपालले निजी क्षेत्रले विकास निर्माणको काममा लगानी गरे उच्च प्रतिफल प्राप्त गर्न सक्ने पनि स्मरण गराए । उनले निजी क्षेत्रको सहभागिताविना मुलुकको समृद्धि सम्भव नरहेको दावी समेत गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल