आयल निगम नाफामा : यस कारण भयो निगमलाई नाफा

आयल निगम नाफामा : यस कारण भयो निगमलाई नाफा

किरण ढकाल

काठमाडौ, चैत २५–नेपाल आयाल निगम (एनओसी) फेरी नाफामा गएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य दर अनुसार निगम यो महिना नाफामा देखिएको हो ।

आइओसीले नयाँ महिना अप्रिलमा पठाएको मूल्य अनुसार एल्पी ग्यास वाहेक अन्य पेट्रोलियम पदार्थमा निगमलाई नाफा हुने देखिएको छ । अन्तर्राष्ट्रिय वजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटकै कारण पेट्रोलियमको भाउ कम भएको छ । जसका कारण निगमले पाएको नयाँ मूल्य अनुसार अप्रिलमा निगमलाई पेट्रोलियम पदार्थ विक्रि वाफत ६ करोड २५ लाख कूल नाफा हुनेछ । निगमका अनुसार एल्पी ग्यासमा भने निगमलाई नाफा छैन ।


अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रति लिटर एक रुपैयाँ ४७ पैसा, मट्टितेलमा प्रति लिटर १६ रुपैयाँ ९१ पैसा, आन्तरिक हवाइ इन्धनमा प्रति लिटर ९ रुपैयाँ २५ पैसा, अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रति लिटर १६ रुपैयाँ ८७ पैसा नाफा छ । तर, एल्पी ग्यासमा भने प्रति सिलिण्डर २ सय ५३ रुपयाँ ३१ पैसा घाटा रहेको छ ।

अघिल्लो महिनाको वासतविक आयातमा आधारित प्रक्षेपण अनुसार अहिले निगमलाई पेट्रोलको विक्रिमा मात्र कुल १० करोड ५३ लाख, डिजेलमा ८ करोड २० लाख, मट्टितेलमा एक करोड २१ लाख रुपैयाँ नाफा हुनेछ ।

यस्तै, आन्तरिक हवाइ इन्धनमा एक करोड ७८ लाख, अन्तर्राष्ट्रिय हवाइ इन्धनमा ७ करोड ५९ लाख रुपैयाँ कूल नाफा छ । तर, एल्पी ग्यासमा कूल २३ करोड ७ लाख रुपैयाँ नोक्सान रहेकाले समग्र नाफा भने ६ करोड २५ लाख मात्र रहेको निगमले जनाएको छ । नेपालको वजार पनि अन्तर्राष्ट्रिय वजारमा निर्भर हुने छ ।

भारतीय वजारमा मूल्य बढ्दा तथा अन्तर्राष्ट्रिय वजारमा कच्चा तेलको मूल्यमा घटवढ हुँदा नेपालमा समेत पट्रोलियमको मूल्य घटवढ हुने गरेको छ । अघिल्लो महिना अन्तर्राष्ट्रिय वजारमा मूल्य बढ्दा निगमलाई करिव ७० करोड नोक्सान थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल