सेयर बजार ओर्लियो, एक अर्ब ४१ करोडको कारोवार

सेयर बजार ओर्लियो, एक अर्ब ४१ करोडको कारोवार

काठमाडौ, चैत २४–कारोवारका हिसावले साताको अन्तिम दिन बिहीबार पुँजी बजार करिव ६ अंकले ओर्लिएको छ । साताका सुरुका दिन आक्रमक रुपमा वढेको बजार अन्ततिर भने घट्दै गएको थियो ।


एक सय ४३ कम्पनीको २३ लाख ३७ हजार ४ सय १३ कित्ता सेयर किनवेच भएको आज एक अर्ब ४१ करोड २४ लाख ६२ हजार २ सय ९७ रुपैयाँको कारोवार भएको छ । आज वजार एक हजार ५ सय ५१.०४ अंकमा आएर अडिएको छ ।

बैंकिङ समूहको सूचक ५.६६ अंकले घटेको आज होटल समूहको सूचक पनि ५१.७२ अंकले झरेको छ । विकास बैंक समूहको सूचक १५.३८ अंकले घटेको छ भने जलविद्युत समूहको सूचक २०.६४ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । फाइनान्स समूहको सूचक १.४५ अंकले घटेको आज बीमा समूहको सूचक भने १५.९२ अंकले वढेको छ ।

साताका पहिलो दिन आइतबार ५ प्रतिशतले वढेको बजारमा दुई पटक सर्किट व्रेक लागेको थियो । सोमबार पनि ४ अंकले बढेर सर्किट व्रेक लगाउनु परेको वजार मंगलबार भने ओर्लिएको थियो । आज पनि बजार ओरालो लागेर नै वन्द भएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल