दाङको आमहडताल तीन दिनका लागि फिर्ता

भदौ १८ 

दाङको आमहडताल तीन दिनका लागि फिर्ता

Dang_district_locationदाङ – शुक्रवारदेखि तीनदिनका लागि दाङको बन्द खुलेको छ । थारुवान संयुक्त संघर्ष समितिले गरेको आमहडताल तीन दिनका लागि खुला भएको हो । थारु समुदायको महान चाडको अवसर पारेर बन्द फिर्ता लिइएको बन्दकर्ताले जनाएका छन् । श्रीकृष्ण अष्टमीलाई मध्यनजर गरेर बन्द फिर्ता लिइएको हो ।

कृष्णजन्माष्टमी पर्वलाई मध्यनजर गर्दै बजार, यातायात, कलकारखाना, उद्योग सञ्चालन हुने दिने निर्णय गरिएको थरुहट(थारुवान संयुक्त संघर्ष समितिका संयोजक हिरालाल चौधरीले जानकारी दिए । लामो दुरीका सवारी साधन भने चल्न नदिने तथा छोटा दुरीका सवारी साधनलाई चल्न दिइने विज्ञप्तीमा जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल