अन्तरिक्षमा पहिलो पटक रिसाइकल्ड रकेट

अन्तरिक्षमा पहिलो पटक रिसाइकल्ड रकेट

एजेन्सी

न्युयोर्क, चैत १८ – अमेरिकी व्यवसायी एलन मस्कको कम्पनीले शुक्रबार रिसाइकल्ड रकेट फाल्कन–९ अन्तरिक्षमा पठाएर इतिहास रचेका छन् ।

स्पेस एक्सले सोमबार यसको सफल परिक्षण गरेको थियो ।

अन्तरिक्ष प्रविधिमा यसलाई क्रान्तिकारी कदम मानिएको छ । कम्पनीले इन्टरनेसनल स्पेसन स्टेसनमा अन्तरिक्ष यात्रीहरुका लागि खाना र जरुरी सामान पठाउने बुस्टर रकेटको पुनः प्रयोग गरेको हो ।


समाचार एजेन्सीका अनुसार डीटीएच र नेट सर्विस प्रोभाइडर एसइएस १० भूउपग्रह लिएर फाल्कन–९ शुक्रबार प्रक्षेपण गरिएको थियो ।

पहिले प्रयोग गरिसकेको रकेट पुनः प्रयोग गरिएको यो पहिलो अवसर हो ।

स्पेसएक्सको दाबी छ कि रिसाइकल्ड रकेटको प्रयोगले स्पेस प्रोग्रामको लागतमा कमी आउने छ । रुसी, जापानी र युरोपियन एजेन्सीहरुले पनि यो प्रविधिमा काम गरिरहेका छन् । तर, उनीहरुको यो कार्यक्रम परिक्षणको चरणमा नै रहेका छन् ।

अन्तरिक्षमा केही पठाउन रकेट आवश्यक पर्छ । स्पेस प्रोग्रामको लागतको ठूलो हिस्सा रकेटमा नै खर्च हुन्छ ।

स्पेस एक्स लामो समयदेखि यो विषयमा प्रयोग गर्दै अइरहेको थियो ।

यस मिसनको पहिलो चरण अप्रिल ७ २०१६ मा सफल भएको थियो । त्यतिबेला फाल्कन–९ रकेटलाई ड्रोनशीपमा सफलतापूर्वक अवतरण गरिएको थियो ।

त्यतिबेला अरबपति व्यवसायी एलनले रकेटलाई पुनः पठाउने बताएका थिए ।

पुनः रकेटलाई अन्तरिक्षमा पठाएपछि मस्कले भने, यो स्पेस फ्लाइटमा नयाँ क्रान्ति हो । हामीलाई यहाँसम्म पुग्न १५ वर्ष लाग्यो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल