यार्सागुम्बाको मूल्य घटेपछि डोल्पामा आर्थिक मन्दी

भदौ १८  |   रासस

यार्सागुम्बाको मूल्य घटेपछि डोल्पामा आर्थिक मन्दी

त्रिपुराकोट (डोल्पा)  – यस वर्ष यार्सागुम्बाको मूल्य घटेपछि डोल्पामा आर्थिक मन्दी भएको छ ।

गत वर्ष रु ३० लाखदेखि रु ३२ लाखमा कारोबार भएको यार्सागुम्बा यस वर्ष भने रु २० लाखमा मात्रै कारोबार भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।

yarsa

यार्सा मौसम सकिएलगत्तै स्थानीय बजारमा दैनिक उपभोग्य सामान र चाडपर्वका लागि लत्ता कपडालगायतका सामान किन्ने मान्छेको घुइँचो लाग्ने गथ्र्यो तर यी बजार यसवर्ष भने सुनसान छन् ।

यार्साको मूल्य घटेपछि पुँजीे अभावका कारण बजारमा सामान किन्न आउनेको सङ्ख्यामासमेत कमी आएको स्थानीय व्यापारीले बताउने गरेका छन् ।

विगतमा खासगरी साउनदेखि भदौ महिनासम्म होटेल तथा पसलमा जति व्यापार हुने गथ्र्यो त्यसको एक तिहाइ पनि यस वर्ष कारोबार नभएको स्थानीय व्यापारी विष्णु हमालले बताए ।

विसं २०४० देखि व्यापारिक प्रयोजनका लागि सङ्कलन गर्न थालिएको यार्सागुम्बा डोल्पाली तथा छिमेकी जिल्लावासीको आर्थिक उपार्जनको मुख्य स्रोत हो । यार्सागुम्बा यस वर्ष धेरै कम भेटिएकाले यसको मूल्य बढ्ने पूर्व अनुमान गरिएको थियो ।

यार्सागुम्बाको मूल्य घट्नु नै डोल्पाको यस वर्षको आर्थिक समस्याको जड भएको अधिकांश सरोकारवालाहरूको बुझाइ छ ।

एक महिनाको यार्सा टिपाइको कमाइबाट वर्षभरिका आधारभूत आवश्यकता सहजै पूरा गर्दै आएका डोल्पाली भने यसवर्ष निराश छन् । यसरी यार्सागुम्बा सङ्कलन तथा व्यापारमा नसोचेकै घाटा खाएपछि धेरै सर्वसाधारण पुरानै खेती किसानीतर्फ फर्केका छन् । उनीहरुले पैसाको अभावमा स्थानीय उत्पादन बजार मूल्यभन्दा घटाएर बिक्री वितरण गर्न थालेका छन् ।

जिल्लाबाट यसवर्ष ३०६ किलो यार्सागुम्बा बिक्री वितरणका लागि जिल्ला बाहिर निकासी गरिएकामा रु ३० करोड बराबरको घाटा लागेको व्यापारीहरूले बताएका छन् ।

बिक्रीका लागि विभिन्न व्यापारिक केन्द्रमा लगिएको यार्सागुम्बामा प्रतिकिलो रु १० लाखका दरले मूल्य घटेपछि घाटा भएको स्थानीय यार्सा व्यापारी गोपी सार्कीले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल