बन्दमा विद्यालय बन्द नगरौ— नवलपरासी

१८ भदौ

बन्दमा विद्यालय बन्द नगरौ— नवलपरासी

कावासोती, nawalparasi। बन्द हडतालमा नवलपरासीका विद्यालय बन्द गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल राष्ट्रिय अभिभावक सङ्घ नवलपरासीले ‘देशको राजनीतिक अवस्था र विद्यार्थीको भविश्य’ विषयमा बिहीबार गरेको अन्तक्र्रियामा सहभागी सरोकारवालाहरुले सो धारणा राखेका हुन् ।

प्रदेशको सीमाङ्कनमा असन्तुष्ट हुँदै आएको मधेसी मोर्चा र थरुहट÷थारुवान सङ्घर्ष समितिको आन्दोलनका कारण परासी क्षेत्रमा तीन सातादेखि लगातार विद्यालय बन्द भएको छ ।

जातीय, क्षेत्रीय, राजनीतिक दलका बन्दका कारण शान्ति क्षेत्र विद्यालय अशान्त बनेको भन्दै अभिभावक सङ्घले सबै पक्षलाई एउटै ठाउँमा राखेर जुनसुकै बन्दमा पनि विद्यालय सञ्चालन हुन दिनेमा सबै पक्षलाई सहमत गराएको नेपाल राष्ट्रिय अभिभावक सङ्घ नवलपरासीका अध्यक्ष श्याम शर्मा भुसालले जानकारी दिए ।

नवलपुर क्षेत्रमा अब निर्वाध रुपमा विद्यालय चल्ने वातारण तयार भएको छ परासी क्षेत्रमा भने पुनः पहल गर्नुपर्ने अवस्था छ, अध्यक्ष भुसालले भने– “विद्यालय खोल्न जसरी सर्वपक्षीय पहल भएको छ त्यसरी नै अधिकारका लागि भएका आन्दोलनमा सहयोग गर्नुपर्छ भन्ने कुरा आयो तर विद्यालय बन्द गर्ने भनेर कसैले भनेन ।”

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल