विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपालको ‘लास्ट रिसोर्ट’

चैत ९

विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपालको ‘लास्ट रिसोर्ट’

काठमाडौँ – सहासिक खेल बन्जी जम्पका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालको लास्ट रिसोर्टलाई पनि समावेश गरिएको छ ।

अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको उत्कृष्ट १५ देशको सूचीमा नेपाललाई पनि समावेश गरिएको हो ।

विश्वकै अग्लो बन्जी जम्पमध्ये एक रहेको लास्ट रिसोर्ट भोटे कोशी नदीको माथि रहेको छ ।


यसको उचाइँ १६० मिटर रहेको सिएनएनले उल्लेख गरेको छ ।

नेपालबाहेक स्वीटजरल्याण्ड, इटाली, अस्ट्रिया, अमेरिका, चीन, फिनल्याण्ड, न्युजिल्याण्ड, जाम्बिया–जिम्बाव्वेका बन्जी जम्प गन्तव्यहरु पनि समावेश रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल