भूकम्पपीडितलाई पहिरोको डर

भदौ १८

भूकम्पपीडितलाई पहिरोको डर

melamchiमेलम्ची, —सिन्धुपाल्चोकमा भूकम्पपछि पहाड र बस्तीमा धाँजा फाटेका कारण जोखिम निम्त्याएको छ । यसको असर सबैभन्दा बढी विकट क्षेत्रका बस्तीमा देखिएको छ ।

जिल्लाको विकट गाविस गोल्चे–६ र ७ को मानव बस्ती चिराचिरा भई बस्नै नसक्ने अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन् । सिङ्गो गाउँ चिराचिरा पर्नुका साथै ठाउँठाउँमा सुरुङ निस्किएकाले कुनै पनि बेला पूरै गाउँ नै पहिरोमा परिणत हुन सक्ने अवस्था आएको छ । यहाँका सिङ्गो गाउँ नै भासिएको र भूकम्पपछि निर्माण गरिएको अस्थायी टहराको खम्बा पनि जमिनमा दबिएको गोल्छे–६ का दोर्जे स्याङ्वोले बताए ।

गाउँमा यस्तो समस्या देखिन थालेकाले आफूहरू कहाँ जाने, के गर्ने, कहाँ बस्ने अन्योलमा परेको गाविसका प्राविधिक सहायक चन्द्रकाजी लामाले बताए ।

यसैगरी हगाम गाविस–३ हाप्रास्थित दोलखालीगाउँमा गएको पहिरोले १५ वटा टहरा पुरिएको छ । गाउँभरिमै सबैभन्दा सुरक्षित ठाउँ भनी बसेको स्थानमै पहिरो गएको र पहिरोको आवाज आउने बित्तिकै भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । त्यस क्षेत्रका स्थानीयवासीले अहिले त्रासको भरमा रात बिताउन बाध्य छन्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल