साहित्यकार शान्तिनारायण अभिनन्दित

भदौ १८ —

साहित्यकार शान्तिनारायण अभिनन्दित

पर्वत, विगत छ दशकभन्दा बढी समय साहित्यिक क्षेत्रमा क्रियाशील पर्वतका साहित्यकार शान्तिनारायण श्रेष्ठलाई नागरिक अभिनन्दन गरिएको छ ।

पर्वतको कुस्मा नगरपालिका–८ का ७७ वर्षीय श्रेष्ठलाई बिहीबार यहाँ आयोजित समारोहमा अभिनन्दन गरिएको हो । साहित्य र सङ्गीत क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै जिल्लास्थित विभिन्न ४८ वटा संस्थाले संयुक्त रूपमा उहाँलाई नागरिक अभिनन्दन गरेका हुन् । छ दशक लामो इतिहासमा श्रेष्ठको कविता, गजल, हाइकु, ताङ्का, सेदोका, गीत, उपन्यास तथा कथा सङ्ग्रहलगायत गरी १६ वटा कृति प्रकाशित भइसकेका छन् ।

सो अवसरमा नेपाल कला संस्कृत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले नेपालको शैक्षिक इतिहासमा साहित्यिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै शान्तिनारायण जस्ता युगकविलाई राष्ट्रले सँधै सम्मान गर्नुपर्ने बताउए ।

साहित्यको विकासका लागि सबै क्षेत्रबाट आवश्यक पहल हुनुपर्ने बताउँदै उहाँले हरेक शिक्षित व्यक्तिले साहित्यको सम्मान गर्नुपर्नेमा जोड दिए ।

श्रेष्ठको ७७ औँ जन्मदिनको अवसर पारेर गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालयले आयोजना गरेको कार्यक्रममा कुलपति सरुभक्तले शान्तिनारायण श्रेष्ठ, स्रष्टा, सिर्जना समीक्षात्मक ग्रन्थको विमोचन गरे ।

अभिनन्दित व्यक्तित्व श्रेष्ठले आफ्नो योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरेकामा आभार व्यक्त गर्दै बाँकी जीवन पनि साहित्यिक क्षेत्रमै क्रियाशील रहने प्रतिबद्धता जनाए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल