पाकिस्तानसँग नेपाल १ सय २१ रनले पराजित

कार्तिक २२

पाकिस्तानसँग नेपाल १ सय २१ रनले पराजित

काठमाडौं – युनाइटेड अरब एमिरेटस्को टुरमा रहेको नेपाली क्रिकेट टोली पाकिस्तानी राष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीसँग् १ सय २१ रनले पराजित भएको छ । ३ सय २७ रनको लक्ष्य पछ्याएको नेपाल निधारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर अनिल मण्डलले ६१ तथा ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान दिए । त्यस्तै सागर पुनले ३९ तथा सुवास खकुरेलले २६ रनको योगदान दिए ।score-card
पाकिस्तानका लागि अनवर अलिले दुई विकेट लिए ।
यसअघि टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २६ रन बनायो ।
पाकिस्तानका लागि कप्तान अजहर अलीले रिटायर्ड आउट हुनअघि ७३ रन बनाए भने शोहेब मलिकले पनि रिटायर्ड आउट हुनअघि ६३ रन बनाए । निकै आक्रमक रुपमा देखिएका बबर अजामले २९ बलमा ४३ रन बनाए । बसन्त रेग्मीको बलमा क्याच आउट हुनअघि भेटरान खेलाडी युनिस खानले ३८ रनको योगदान दिए ।
नेपालका लागि बसन्त रेग्मीले २ तथा सागर पुन र पारस खड्काले १–१ विकेट लिए ।
नेपालले आधिकारिकरुपमा पाकिस्तानी राष्ट्रिय टोलीसँगै प्रतिस्पर्धा नगरे पनि पाकिस्तानी टोलीमा अधिकांश राष्ट्रिय स्तरका खेलाडीहरु समावेश छन् ।
एशियन क्रिकेट काउन्सिलले एशोसियट्स राष्ट्र नेपालका लागि टेस्ट वरियताको टिमविरुद्ध खेल्ने मौका दिएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल