इलाममा मदिरा नष्ट

भदौ १८

इलाममा मदिरा नष्ट

alchohal disposedइलाम,— पूर्वी इलामको सीमावर्ती क्षेत्रका विभिन्न चोर बाटोको प्रयोग गरेर भन्सार नतिरी नेपाल भित्र्याइएका लाखौँ मूल्य बराबरको मदिराजन्य पदार्थ प्रहरीले नष्ट गरेको छ ।

प्रहरीले आर्थिक वर्ष ०७१÷७२ मा एक लाख ३३ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ । अघिल्लो आर्थिक वर्षमा भन्दा गत आवमा अवैध रूपमा मदिराजन्य पदार्थ बढी भित्रिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । अघिल्लो आवमा प्रहरीले १ लाख २५ हजार मूल्य बराबरको मदिराजन्य पदार्थ बरामद गरेको थियो ।

बरामद गरिएका मदिरा भन्सारमा दाखिला नहुने भएकाले प्रहरी, भन्सारका कर्मचारी, स्थानीयवासीको रोहवरमा नष्ट गरिने गरेको प्रहरी निरीक्षक पदम थपलियाले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल