नेपालले भारतीय टीमलाई हरायो

कात्तिक २१

नेपालले भारतीय टीमलाई हरायो

भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सम्पन्न एक दिवसीय मैत्रीपूर्ण इण्डो–नेपाल कबड्डीको उपाधि नेपाली टिमले जितेको छ ।

प्रतियोगितामा भारतको हरियाणा राज्यको टिमलाई कञ्चनपुर कबड्डीको टिमले ४२–२० अङ्कले पछि पार्दै उपाधि जित्न सफल भएको हो ।

कञ्चनपुर कबड्डी सङ्घले आयोजना गरेको प्रतियोगितामा विजयी टिमलाई नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पुरस्कृत गर्नुभएको थियो ।

यसअघि आजै बिहान भएको प्रतियोगिताको उद्घाटन नेता साउदले गर्नुभएको थियो भने काँग्रेस कञ्चनपुरका सभापति बहादुरसिंह थापा, नेकपा (एमाले)का अध्यक्ष तारा लामातामाङ, कञ्चनपुर खेलकुद समितिका अध्यक्ष शेरबहादुर चन्द, कञ्चनपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष गजेन्द्रबहादुर चन्दलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल