नयाँ फोन लिनुछ ? आउँदैछन् यी नयाँ धमाकेदार १० स्मार्टफोन

फागुन २७  |   एजेन्सी

नयाँ फोन लिनुछ ? आउँदैछन् यी नयाँ धमाकेदार १० स्मार्टफोन

स्पेनको बार्सिलोनामा सम्पन्न मोबाइल वर्ल्ड कांग्रेस २०१७ (MWC 2017) मा थुप्रै कम्पनीले आफ्ना नयाँ स्मार्टफोनबाट पर्दा उठाएका छन् । यीमध्ये केही स्मार्टफोनले चर्चा बटुल्न सफल भयो भने कति यत्तिकै हराए । आज हामी तपाईंलाई कुन फोनले कति र कस्तो स्मार्टफोन सार्वजनिक गरे भन्ने विषयमा जानकारी दिइएको छ ।

नोकियाः

नोकियाले MWC 2017 मार्फत ग्लोबल मार्केटमा फिर्ती भएको छ । HMD Global सँग नोकिया ब्राँडको लाइसेन्स छ र त्यसैले नोकियाका उपकरणहरु बनाइरहेको छ । यो कार्यक्रममा कम्पनीले नोकियो सिक्स, नोकिया फाइभ र नोकिया थ्री नामको स्मार्टफोनबाट पर्दा उठाए । मानिसहरुको आकर्षकको केन्द्र बनेको नोकिया ३३१०मा रहेको फोनलाई रिलञ्च गरिएको छ ।

लेनेभोः

लेनेभोको मोटोरोला ब्रान्डले उक्त कार्यक्रममा दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई स्मार्टफोन Moto G5    र Moto G5 Plus  हुन् ।

ह्वावेः

ह्वावेले P10  र P10 Plus स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा Lecia ब्रान्डको लेन्स राखिएको छ । मोबाइलमार्फत फोटोग्राफी गर्न चाहनेहरुले यो फोनलाई अत्यधिक रुचाउने अनुमान छ ।

एलजीः

एलजीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन उक्त कार्यक्रममा LG G6  सार्वजनिक गरेको छ । यो कम्पनीको पछिल्लो वर्ष सार्वजनिक भएको G5  को नयाँ भर्सन हो जसमा मोड्युलर डिजाइन दिइएको थियो । यो स्मार्टफोनमा डिस्प्लेमा ध्यान दिइएको छ । यसमा 18:9 फूल भिजन डिस्प्ले दिइएको छ ।

सोनीः

सोनीले  Xperia XZs, Xperia XA1, Xperia XA1 Ultra र Xperia XZ Premium  फोन लञ्च गरेको छ ।Xperia XZ Premium   कम्पनीको फ्ल्यागशिप स्मार्टफोन हो ।

ब्ल्याकबेरीः

ब्ल्याकबेरीले आफ्नो नयाँ एन्ड्रोइड स्मार्टफोन KEYone  सार्वजनिक गरेको छ । चीनको कम्पनी TCL सँग सहकार्य गरेपछि ब्ल्याकबेरीद्वारा लञ्च गरिएको यो पहिलो स्मार्टफोन हो । यसमा फिजिकल किबोर्ड पनि छ ।

जेटटीईः

जेटटिईले Gigabit नामको स्मार्टफोन सार्वजनिक गरेको छ जुन संसारको पहिलो फाइभजी स्मार्टफोन भएको बताइएको छ । कम्पनीका अनुसार यसले 1Gbps सम्मको डाउनलोड स्पिड दिनसक्छ । कम्पनीले Blade V8  र Blade V8 Lite स्मार्टफोन पनि लञ्च गरेको छ ।

अल्काटेलः

अल्काटेलले A5 LED, A3 र U5 नामको तीनवटा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । A5 LED   सबैभन्दा शक्तिशाली र U5 कम शक्तिशाली स्पेसिफिकेसन भएको स्मार्टफोन हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल