तीन दिनमा सकियो भारत–दक्षिण अफ्रिका टेस्ट

कार्तिक २१

तीन दिनमा सकियो भारत–दक्षिण अफ्रिका टेस्ट

226223.3पञ्जाब – भारतले दक्षिण अफ्रिका विरुद्धको टेस्ट शृंखलामा विजयी सुरुआत गरेको छ । मोहलीमा भएको पहिलो टेस्टमा भारतले दक्षिण अफ्रिका विरुद्ध १ सय ८ रनको जीत निकाल्यो । स्पिनरहरु चम्कदाँ भारतले तेस्रो दिन नै दक्षिण अफ्रिकालाई घुडाँ टेकाएको हो ।

पहिलो इनिंग्समा भारतभन्दा १७ रनले पछि परेको दक्षिण अफ्रिका दोस्रो इनिङसमा भने पूरै निरिह देखियो । यसअघि पहिलो इनिङमा टस जितेर ब्याटिंग गरेको भारतले २ सय १ रन जोडेको थियो । जवाफी ब्याटिंगमा दक्षिण अफ्रिका १ सय ८४ रनमै समेटियो । दोस्रो इनिंग्स्मा भारत २ सय रनमै समेटिदाँ केवल २ सय १२ रन बटुलेर टेस्ट जित्ने बाटो दक्षिण अफ्रिकाका लागि खुला थियो ।

तर रविन्द्र जडेजाले ५ र रविचन्द्रन आश्विनले ३ विकेट लिएपछि दक्षिण अफ्रिका केवल १ सय ९ रनमै समेटियो । दक्षिण अफ्रिकाबाट स्टियन भान ज्यलले ३६ रन बनाए भने ओपनर डिन एल्गर र एबी डि विलियर्सले समान १६ रन बनाए । जीतसँगै चार टेस्टको शृंखलामा भारत एक शुन्यले अघि बढेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल