सार्वजनिक भयो संसारको सबैभन्दा सस्तो 4G फोन, धमाधम ‘प्रि–बुकिङ’

फागुन २६  |   एजेन्सी

सार्वजनिक भयो संसारको सबैभन्दा सस्तो 4G फोन, धमाधम ‘प्रि–बुकिङ’

चीनको कम्पनी Cagabi Mobile ले संसारको सबैभन्दा सस्तो फोरजी फोन सार्वजनिक गरेको छ । कम्पनीले फोनको मूल्य लगभग ५ हजार तोकिएको छ । यति मूल्यमा साधारण विशेषता भएका Swipe konnect 5.1  र konnect Grand जस्ता स्मार्टफोन उपलब्ध छन् । यद्यपी, यो फोनमा विभिन्न प्रकारको विशेषता दिएको छ ।

डिजाइनः

यो फोन मेटालिक फ्रेम र प्लाष्टिक बडीले बनाइएको छ । यसमा लार्ज सर्कुलर क्यामरा मोड्युलका साथै डुअल टोन एलइडी फ्ल्याश साथै रियर क्यामरा पनि दिइएको छ । पाँच इन्चको एचडी डिस्प्ले छ जसको रिजोलुसन 1280X720 पिक्सल छ । जसमा 2.5D गोरिल्ला ग्लास प्रोटेक्सन दिइएको छ ।

डुअल सिम फोनः

यसमा MediaTek MT6737  प्रोसेसर छ । फोनमा दुई जीबी र्याम र १६ जीबी इन्टरनल स्टोरेज छ । यो फोन6.0 Marshmallow मा काम गर्छ । यो डुअल सिम फोन हो ।

LED फ्ल्यास सँगै क्यामराः

फोनमा 2200mAh को ब्याट्रि दिइएको छ । साथै ८ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा दिइएके  । दुबै क्यामरामा LED फ्ल्याश दिइएको छ । साथै यसमा microusb पोर्ट र 3.5mm  को अडियो पोर्ट दिइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल