विपन्न परिवारलाई शौचालय

भदौ १८

विपन्न परिवारलाई शौचालय

toiletपाल्पा,— वीरकोटका स्थानीयवासीले गरिब तथा विपन्न घरपरिवारलाई पक्की शौचालय बनाइदिएका छन् । वीरकोट गाविस–७ अफरडाँडाका दुई घरपरिवारलाई स्थानीयवासीले प्रत्येक घरधुरीबाट सहयोग रकम उठाएर शौचालय बनाइदिएका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारण शौचालयको अभाव भोगेका रामबहादुर कुँवर र जुद्धबहादुर कुँवरको घरपरिवारलाई अफरडाँडाका ९६ घरधुरीले श्रमदान र नगद रकम उठाएर शौचालय बनाइदिएका हुन् ।

त्यसैगरी वीरकोट गाविस–८ मोचाबारी निवासी शेषबहादुर गाहाका परिवारलाई पनि छिमेकीले रकम उठाएर शौचालय बनाइदिएका छन् । मोचाबारीका ४० घरधुरीले श्रमदान र नगद रकम उठाएर गाहाका परिवारलाई पक्की शौचालय बनाइदिएका हुन्

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल